छोरी भेट्न गएका प्रजा जंगलमा मृत भेटिए

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ८, बुधबार (७ महिना अघि)
  • २ पटक पढिएको
छोरी भेट्न गएका प्रजा जंगलमा मृत भेटिए

चितवन, ७ श्रावन। चितवनमा एक पुरुष मृत भेटिएका छन् । कालिका नगरपालिका–९ शक्तिखोर जङ्गलमा राप्ती नगरपालिका–११ का ५७ वर्षीय कृष्णबहादुर प्रजा मङ्गलबार साँझ मृत भेटिएका हुन् ।

गत असार २८ गते घरबाट कालिका निस्किएका प्रजा बेपत्ता भएका थिए । कालिका नगरपालिका–९ शक्तिखोर बस्ने छोरीलाई भेट्न गएका उनी सम्पर्कमा नआएपछि परिवार र आफन्तले खोजी गर्न थालेका थिए । 

प्रजाको शव सडेगलेको अवस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए। 

ताजा अपडेट

खोजी गर्नुहोस