काठमाडौंमा स्कुटर दुर्घटना हुँदा, एक युवतीको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ९, बिहिबार (७ महिना अघि)
  • ३ पटक पढिएको
काठमाडौंमा स्कुटर दुर्घटना हुँदा, एक युवतीको मृत्यु

काठमाडौं, ०८ श्रावन। काठमाडौंमा स्कुटर दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ। गएराति १:१५ बजे काठमाडौंको कमलादीस्थित प्रज्ञा भवन नजिकै बागमती प्रदेश ०२-०३४ प ३४५८ नम्बरको स्कुटर दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका-१३ घर भई काठमाडौंकै बनस्थली बस्ने २५ वर्षीय समीक्षा रिजाल छिन्।

दुर्घटनापछि गम्भीर घाइते भएकी उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो। त्यहाँ उपचारका क्रममा गएराति २:१५ बजे उनको मृत्यु भएको एसपी बोहराले जानकारी दिए।

ताजा अपडेट

खोजी गर्नुहोस