पशुपालन फर्ममा छापा मारेर अवैध कपडा र चुरोट बरामद

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण १०, शुक्रबार (७ महिना अघि)
  • २ पटक पढिएको
पशुपालन फर्ममा छापा मारेर अवैध कपडा र चुरोट बरामद

सर्लाही, ०९ श्रावन। सशस्त्र प्रहरी बल, नेपाल सर्लाही २ गण र मलंगवा भन्सार कार्यालयको संयुक्त विशेष टोलीले सर्लाहीको ईश्वरपुर नगरपालिका–२ स्थित गएराति एकजना  तस्करको पशुपालन फर्ममा छापामारी  ठुलो परिमाणको अवैध कपडा र चुरोट बरामद गरेको छ।

बिहीबार राति ८ बजेर ५ मिनेटमा सशस्त्र प्रहरी बल र मलंगवा भन्सारको टोलीद्वारा तुलसी पशुपालन फर्ममा गरिएको संयुक्त छापामारीबाट ३१ पोका अवैध कपडा र Platinum 7 Premium Blend (Blue) ब्रान्डका ७० कार्टुन चुरोट बरामद गरिएको हो । बरामद कपडा र चुरोटको अनुमानित बजार मूल्य १ करोड ५८ लाख ५९ हजार रुपैयाँ बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ।

छापामारी गर्ने संयुक्त टोलीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गणका प्रमुख एसपी देव बहादुर चन्दको नेतृत्वमा ५१ जना सुरक्षाकर्मी र भन्सार अधिकृत कमल बहादुर खड्काको टोलीका ५ जना कर्मचारी सहभागी थिए।

सशस्त्र प्रहरी बल, नेपाल प्रदेश २ का प्रमुख डिआईजी कृष्ण ढकालका अनुसार लगातार रुपमा भइरहेको तस्करी नियन्त्रणको अभियान अन्तर्गत यो अहिलेसम्मकै ठुलो सफलता हो।

बरामद सामान आवश्यक अनुसन्धानपछि भन्सार कार्यालय मलंगवामा बुझाइएको छ भने तस्करीमा संलग्नको खोजी तथा अनुसन्धान कार्य अघि बढाइएको सशस्त्र प्रहरी मधेस प्रदेश कार्यालय बर्दिवासले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस