सप्तरीमा एक शिक्षक मृत फेला

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण १०, शुक्रबार (७ महिना अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

सप्तरी, ०९ श्रावन। सप्तरीमा एक शिक्षक मृत फेला परेका छन् । डाक्नेश्वरी नगरपालिका वडा नम्बर ४ कुशहा घर भएका शिक्षक रामकृष्ण राय आज बिहान नहर छेउमा मृत फेला परेका हुन् ।

सप्तरीका प्रहरी उपरीक्षक (एसपी) गौतम केसीका अनुसार शिक्षक राय बिहीबार साँझदेखि अचानक सम्पर्कविहीन भएका थिए ।

शवको छेउमा आफ्नै साइकल र एउटा किटनासक औषधिको बोतल फेला परेको छ । शरीरमा घाउचोट केही नदेखिएको एसपी केसीले बताए ।

वडा नम्बर ४ का वडाध्यक्ष देबेन्द्र यादवका अनुसार उनी वडा नम्बर ५ को नेशनल पब्लिक स्कुलमा पढाउने गर्दथे ।

ताजा अपडेट

खोजी गर्नुहोस