कैलालीबाट डेढ किलो लागुऔषध चरेससहित चार जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण १०, शुक्रबार (७ महिना अघि)
  • २ पटक पढिएको
कैलालीबाट डेढ किलो लागुऔषध चरेससहित चार जना पक्राउ

धनगढी, ०९ श्रावन। कैलालीबाट डेढ किलो लागुऔषध चरेससहित चार जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्द नेतृत्वको टोलीले चरेससहित चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बैतडीको सुर्नया गाउँपालिका–३ घर भएका २८ वर्षीय चन्द्रसिंह ऐरी, २५ वर्षीय मोहन भट्ट, २५ वर्षीय महेश बिक र बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ घर भएका ३९ वर्षीय गगन बोहरा रहेका छन् ।

उनीहरू मध्ये ऐरी, भट्ट र बिकलाई गोदावरी नगरपालिका–१ भरतपुरमा शंकास्पद रूपमा हिँडिरहेका अवस्थामा चेकजाँच गर्दा ४६९ ग्राम चरेससहित पक्राउ गरिएको हो । बोहरालाई भने गोदावरी नगरपालिका–२ मा रहेको विपिन होटलबाट पक्राउ गरिएको हो।

उनीहरू चारै जनालाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस