कर्मचारीमाथि गालीगलाैज गरेको आरोपमा ३ भारतीय नागरिक पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण १०, शुक्रबार (७ महिना अघि)
  • २ पटक पढिएको
कर्मचारीमाथि गालीगलाैज गरेको आरोपमा ३ भारतीय नागरिक पक्राउ

पोखरा, ०९ श्रावन। तनहुँको व्यास नगरपालिकामा अनुगमनका क्रममा जनप्रतिनिधि र कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा ३ भारतीय नागरिक पक्राउ परेका छन् ।

व्यास नगरपालिका–३, तरकारी लाइनमा प्लाष्टिक झोलाको अनुगमनका क्रममा पिन्टु (काले) किराना पसलका सञ्चालकले जनप्रतिनिधि र कर्मचारीमाथि बुधबार गालीगलौज गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँले बिहीबार गालीगलौज गर्ने ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जवाहित शाह, मायादेवी शाह र राजु शाह छन् । तिनै जना भारतीय नागरिक रहेको तनहुँ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । उनीहरु लामो समयदेखि उक्त ठाउँमा पसल गर्दै आएका थिए ।

प्रहरीका अनुसार उनीहरुमाथि जिल्ला प्रशासन कार्यालय तनहुँबाट अभद्र व्यवहार मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस