सप्तरीमा सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर दम्पत्तिको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ११, शनिबार (७ महिना अघि)
  • २ पटक पढिएको
सप्तरीमा सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर दम्पत्तिको मृत्यु

सप्तरी, १० श्रावन। सप्तरीमा सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर दम्पत्तिको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्लाको रूपनी गाउँपालिका – पौवा टोलका ४७ वर्षीय बालेश्वर खंग र उनकी ४५ वर्षीया श्रीमती रामकुमारी खंग रहेका छन्। प्रहरीका अनुसार उनीहरुलाई शुक्रबार राति आफुले चलाउदै आएको सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेको थियो।

प्रहरीले आवश्यक प्रक्रिया पुर्याइ मृतकद्वयको शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

मृतकका दुई सन्तान छोराहरू मध्ये कान्छो छोरा फरक क्षमता भएको र आमाबाबुको एकैपटक अल्पायुमा मृत्युु भएपछि परिवारमा ठुलो बज्रपात परेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस