बागमती नदीमा डुबेर एक किशोरको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ११, शनिबार (७ महिना अघि)
  • २ पटक पढिएको
Post Thumbnail

रौतहट, १० श्रावन। रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा डुबेर एक भारतीय किशोरको मृत्यु भएको छ। बिहार राज्यको सीतामढी जिल्ला, ग्राम जमुआहा–१, पञ्चायत मठिया निवासी १४ वर्षीय पवनकुमार साहको शनिबार बिहान शव फेला परेको हो।

शुक्रबार साँझ करिब ७ बजे नदीमा जल लिन गएका बेला साह डुबेर बेपत्ता भएका थिए। परिवारजनले शनिबार बिहान इलाका प्रहरी कार्यालय चन्द्रपुरलाई जानकारी गराएपछि खोजी सुरु गरिएको थियो।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजीकार्य गर्दै जाँदा बिहान सवा १० बजे घटनास्थलदेखि करिब १५० मिटर दक्षिणतर्फ रहेको झोलुङ्गे पुल नजिकै उनको शव तैरिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपककुमार रायले जानकारी दिए।

उनका अनुसार किशोरको शव पहिचान गरिसकेपछि परीक्षण तथा कानुनी प्रक्रिया पुरा गरी परिवारलाई हस्तान्तरण गरिनेछ।
बाढीका समयमा वा साँझपख नदी किनारामा जानु खतरापूर्ण हुन्छ। पानीको बहाव र गहिराइ थाहा नभई नुहाउन वा पानी लिन नदीमा नजान आग्रह गरिन्छ।

बालबालिकालाई एक्लै नदी किनारमा जान नदिनुहोस्। उनीहरूलाई सधैं अभिभावकको निगरानीमा राख्नु जरूरी छ। स्थानीय तह र प्रहरी प्रशासनले जोखिमयुक्त स्थानमा चेतावनी बोर्ड तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु जरुरी छ।

ताजा अपडेट

खोजी गर्नुहोस