अमेरिकन एयरलाइन्सको विमानमा आगलगी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण १२, आईतबार (७ महिना अघि)
  • ३ पटक पढिएको
अमेरिकन एयरलाइन्सको विमानमा आगलगी

काठमाडौं,११ श्रावण। डेनभरबाट मियामीका लागि उडिरहेको अमेरिकन एयरलाइन्सको एउटा विमानमा टेकअफको बेला आकस्मिक आगलागी भएको छ। उडान नम्बर ८८३०२३ रहेको सो विमान बोइङ ७३७ म्याक्स मोडेलको थियो, जसमा १७३ यात्रु र चालक दलका ६ सदस्य सवार थिए।

विमानको ल्यान्डिङ गियर (जहाजको पाङ्ग्रा भाग) मा आगो देखिएपछि तुरुन्तै आवश्यक सतर्कता अपनाउँदै सबै यात्रु र चालक दललाई सुरक्षित रूपमा बाहिर निकालिएको अधिकारीहरूले जनाएका छन्।

आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन। हाल घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको बताइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस