धनुषामा खुकुरी प्रहारबाट एक किशोरीको मृत्यु, दुई जना गम्भीर घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण १४, मंगलबार (७ महिना अघि)
  • ४ पटक पढिएको
धनुषामा खुकुरी प्रहारबाट एक किशोरीको मृत्यु, दुई जना गम्भीर घाइते

धनुषा, १३ श्रावन। धनुषाको जनकपुर उपमहानगरपालिका–४ मा सोमबार राति भएको खुकुरी आक्रमणमा एक किशोरीको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। घटनामा संलग्न ३५ वर्षीय रामबाबु साह फरार छन्। उनी यसअघि आफ्नै श्रीमतीको हत्या अभियोगमा पाँच वर्ष जेल सजाय भोगिसकेका व्यक्ति हुन्।

साहले जनकपुर–४ मा डेरा गरी बस्ने क्रममा राति करिब ११:३० बजेतिर धारिलो खुकुरी प्रहार गरी १५ वर्षीया अञ्जलीकुमारी यादवको घाँटी रेटेर हत्या गरेका हुन्। मृतक अञ्जली, घाइते भएकी ३५ वर्षीया आशा यादवकी छोरी हुन्। आशा पनि साहको आक्रमणबाट गम्भीर घाइते भएकी छन्। उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ।

साहको आक्रमणबाट सोही कोठामा बस्ने १४ वर्षीया राधा यादव पनि घाइते भएकी छन्। उनको दाहिने घुँडा र हातमा गहिरो चोट लागेको छ। दुवै घाइतेलाई जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाको कारण खुल्न बाँकी छ भने साहको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस