बस पल्टिँदा १ जनाको मृत्यु, १३ घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण १७, शुक्रबार (७ महिना अघि)
  • ४ पटक पढिएको
बस पल्टिँदा १ जनाको मृत्यु, १३ घाइते

बुटवल, १६ श्रावन। बुटवल-नारायणगढ सडकखण्ड अन्तर्गत बर्दघाटमा यात्रुबाहक बस पल्टिएको छ ।

बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको लु २ ख ६५७ नम्बरको बस नवलपरासीको बर्दघाट नगरपालिका–५ शान्तिनगर चोकमा पल्टिँदा १ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

दुर्घटनामा परी मृत्यु हुने पुरुषको पहिचान खुल्न बाँकी रहेको पश्चिम नवलपरासीका डीएसपी वीरदत्त पन्तले जानकारी दिए ।दुर्घटनामा १३ जना यात्रु घाइते भएकाे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी वीरदत्त पन्तले बताए ।

घाइतेमध्ये १२ जनाको उद्धार गरी रुपन्देही पठाइएको र बाँकीको चिसापानी अस्पतालमा उपचार भइरहेको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस