सर्लाहीमा सर्पको टोकाईबाट महिलाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण १७, शुक्रबार (७ महिना अघि)
  • २ पटक पढिएको
सर्लाहीमा सर्पको टोकाईबाट महिलाको मृत्यु

सर्लाही, १६ श्रावन। सर्लाहीको ईश्वरपुर नगरपालिका – १२, घारिबथानमा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय ५० वर्षीया सीता परियार रहेको प्रहरीले जनाएको छ। बिहीबार साँझ उनलाई घर नजिकै सुँगुरलाई चारो खुवाउन गएका बेला गोमन सर्पले डसेको थियो।

उनलाई तत्काल उपचारका लागि नवलपुर सर्पदंश उपचार केन्द्रमा लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

ताजा अपडेट

खोजी गर्नुहोस