टिकटकमा हिन्दू धर्मावलम्बीलाई गाली–गलौज गर्ने एक युवक धनुषाबाट पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ३१, शुक्रबार (६ महिना अघि)
  • २ पटक पढिएको
टिकटकमा हिन्दू धर्मावलम्बीलाई गाली–गलौज गर्ने एक युवक धनुषाबाट पक्राउ

जनकपुर, ३० श्रावण। सामाजिक सञ्जाल टिकटकमार्फत हिन्दू धर्मावलम्बीलाई लक्षित गर्दै गाली–गलौज र धम्की दिने भिडियो सार्वजनिक गर्दै आएका जनकपुरधामका इरसाद खानलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वरुण बहादुर सिंहका अनुसार, २३ वर्षीय खानलाई बिहीबार जनकपुरधामबाट नियन्त्रणमा लिइएको हो।

जनकपुरधाम उपमहानगरपालिका–५ का समिम खानका छोरा इरसादले ‘गुन्डा’ नामको टिकटक आइडी प्रयोग गर्दै हिन्दू धर्मावलम्बीलाई अपमानजनक शब्द प्रयोग गर्ने मात्र नभई मार्ने धम्कीसमेत दिने भिडियोहरू सार्वजनिक गर्दै आएका थिए।

प्रहरीका अनुसार, खान विदेशमा रहेका बेला समेत हिन्दू धर्मावलम्बीलाई टार्गेट गरी गैरसामाजिक वक्तव्य र छाडा गतिविधि गर्ने गरेको तथ्यसमेत खुलेको छ।

यसैबीच, प्रहरीले उनको मोबाइल र सामाजिक सञ्जाल गतिविधिको डिजिटल विश्लेषण सुरु गरेको जनाएको छ।

यो घटनाले सामाजिक सञ्जालमार्फत घृणा फैलाउने सामग्रीबारे निगरानी र कानुनी कारबाही कडाइका साथ गर्नुपर्ने आवश्यकतालाई पुनः उजागर गरेको प्रहरीको भनाइ छ।

ताजा अपडेट

खोजी गर्नुहोस