सुनसरीको धरानमा लागू औषधसहित एक युवक पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ३१, शुक्रबार (६ महिना अघि)
  • २ पटक पढिएको
सुनसरीको धरानमा लागू औषधसहित एक युवक पक्राउ

सुनसरी, ३० श्रावण। सुनसरीको धरान उपमहानगरपालिका–१६, समिति मार्गस्थित एक कोठामा लागू औषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको छ।

मिति २०८२ साउन २९ गते साँझ ६ः१० बजे अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको टोलीले २२ वर्षीय रकिल राईको कोठामा खानतलासी गर्दा ट्रामाडोल ५५० क्याप्सुल र डिकोलिक ५०० ट्याब्लेट फेला पारेको हो।

लागू औषधसहित पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस