महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ३२, शनिबार (६ महिना अघि)
  • २ पटक पढिएको
महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

खोटाङ, ३१ श्रावण। ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित आम्बोटेका एक जना ३७ वर्षीय पुरुष पक्राउ परेका छन् । 

आफ्नै घरमा सुतिरहेकी महिलालाई बिहीबार राति सवा दुई बजेतिर जबरजस्ती करणी गरेको आरोपमा ती पुरुषलाई शुक्रबार पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रका अनुसार राई थरका ती पुरुषलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ ।

मादक पदार्थ सेवन गरी राईले महिलामाथि जबरजस्ती करणी गरेपछि स्थानीयको सहयोगमा नियन्त्रणमा लिएर पीडित पक्षले प्रहरीलाई खबर गरेका थिए ।

पीडित महिलाको साउन ३० गते स्वास्थ्य परीक्षण गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस