मोटर बन्द गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ३२, शनिबार (६ महिना अघि)
  • ३ पटक पढिएको
मोटर बन्द गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर, ३१ श्रावण। पानी लगाइसकेपछि मोटर बन्द गर्ने क्रममा करेन्ट लागेर विराटनगरमा शुक्रबार राति एक जनाको मृत्यु भएको छ । 

मोरङ प्रहरीका डीएसपी हस्तबहादुर सुनारका अनुसार विराटनगर महानगरपालिका–४ इक्राहीका ६० वर्षीय लक्ष्मण यादवको मृत्यु भएको हो । आफ्नै घरको पर्खालमा पानी लगाएर मोटर बन्द गर्ने क्रममा राति ८:३० बजेतिर यादवलाई अचानक करेन्ट लागेको उनले बताए । 

करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

ताजा अपडेट

खोजी गर्नुहोस