देवाही गोनाही–९ धरहरीमा कृष्ण जन्माष्टमी मेलामा झडप : नगर प्रमुखसहित प्रहरी घाइते, गरुडास्थित बेटर नेपाल अस्पतालमा उपचार

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ३२, शनिबार (६ महिना अघि)
  • २ पटक पढिएको
देवाही गोनाही–९ धरहरीमा कृष्ण जन्माष्टमी मेलामा झडप : नगर प्रमुखसहित प्रहरी घाइते, गरुडास्थित बेटर नेपाल अस्पतालमा उपचार

पवन कुमार उपाध्याय

रौतहट, ३१ श्रावण। रौतहटको देवाही गोनाही नगरपालिका–९ धरहरी गाउँमा कृष्ण जन्माष्टमीको अवसरमा आयोजित मेलाको उद्घाटन कार्यक्रम हिंसात्मक घटनामा परिणत भएको छ।

कार्यक्रमको औपचारिक उद्घाटनका लागि पुगेका नगर प्रमुख प्रेम लाल साह कानुलाई एकाएक आएको समूहले आक्रमण गर्दा टाउको फुटी घाइते भएका छन्। प्रमुखसहित उद्धार गरिएका घाइतेलाई अहिले गरुडा–४ मा रहेको बेटर नेपाल अस्पतालमा उपचार भइरहेको छ।

घटनामा रोकथाम गर्न पुगेका सुरक्षाकर्मीलाई समेत लक्षित आक्रमण गर्दा २ जना प्रहरी घाइते भएका छन्। उनीहरू पनि नगर प्रमुखसँगै सोही अस्पतालमा उपचाररत छन्।

स्थानीयवासीका अनुसार मेलामा सहभागी भीडबीच तनाव बढ्दै जाँदा पूर्व–योजना अनुसार आक्रमण गरिएको आशंका गरिएको छ। झडपपछि केही समय मेला क्षेत्र तनावग्रस्त बनेको भए पनि अहिले स्थिति नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

इलाका प्रहरी कार्यालयले घटनामा संलग्न आक्रमणकारी समूहको पहिचान गरी पक्राउ कार्य तीव्र बनाएको जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस