सुनसरीको बसपार्कबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ३२, शनिबार (६ महिना अघि)
  • २ पटक पढिएको
सुनसरीको बसपार्कबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

सुनसरी, ३१ श्रावण। सुनसरीको इनरुवा नगरपालिका–४ स्थित बसपार्कबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको डीएसपी युगराज खतिवडाले बताए।

पक्राउ पर्नेमा धनकुटा नगरपालिका–९ बस्ने कान्छा क्षेत्रीका छोरा ३१ वर्षीय सरोज क्षेत्री र सुनिल थापाका छोरा २९ वर्षीय प्रेम थापा रहेका छन्। उनीहरूमध्ये सरोज क्षेत्रीले मलद्वारमा चेपि लुकाइराखेको अवस्थामा ३.३२ ग्राम ब्राउन सुगर बरामद गरिएको डीएसपी खतिवडाले बताए।

दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

ताजा अपडेट

खोजी गर्नुहोस