जनकपुरको प्रादेशिक अस्पतालमा कर्मचारी झुन्डिएको अवस्थामा मृत फेला

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १, आईतबार (६ महिना अघि)
  • २ पटक पढिएको
जनकपुरको प्रादेशिक अस्पतालमा कर्मचारी झुन्डिएको अवस्थामा मृत फेला

जनकपुर, ०१ भदौ। मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरमा कार्यरत एक कर्मचारी सोमबार बिहान झुन्डिएको अवस्थामा मृत भेटिएका छन्।

जनकपुरधाम उपमहानगरपालिका–७, जिरोमाइलका ४० वर्षीय भोला मेस्तर अस्पतालको प्रस्तुति वार्ड पछाडिको लुन्ड्री कक्षमा मृतावस्थामा फेला परेका हुन्। अस्पतालका स्रोतअनुसार उनी फलामको पाइपमा प्लास्टिकको डोरी प्रयोग गरी झुन्डिएको अवस्थामा भेटिएका थिए।

लुन्ड्रीमै कार्यरत धनुषाको सबैला नगरपालिका–१, पटेर्वाका मुकेश यादवले मेस्तरलाई देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस