पर्साका विभिन्न स्थानबाट ४८ लाख ९१ हजार मूल्य बराबरका सामान बरामद

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २, सोमबार (६ महिना अघि)
  • २ पटक पढिएको
पर्साका विभिन्न स्थानबाट ४८ लाख ९१ हजार मूल्य बराबरका सामान बरामद

वीरगञ्ज, ०२ भदौ। सशस्त्र प्रहरी बल नेपाल पर्साले ४८ लाख ९१ हजार २ सय ७५ रुपैयाँ पर्ने ब्रेजा गाडीसहित भन्सार छलीका सामान बरामद गरेको छ ।

प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका-९ घण्टाघर चोकबाट रक्सौलतर्फ जाँदै गरेको बिआर ०१ एफई  ७१९९ नम्बरको सुजकी भिटारा ब्रेजा गाडीमा आवश्यक कागजात नभेटिएपछि वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरेको छ । 

सशस्त्र प्रहरीका अनुसार गाडीको मूल्य अनुमानित ३० लाख रहेको छ । सशस्त्र प्रहरी बल नेपालका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्णसिंह पुजाराले आज नै सशस्त्र प्रहरीले विभिन्न स्थानबाट भन्सार छली गरी नेपाल भित्र्याइएको अवस्थामा १५ लाख ६९ हजार रुपैयाँ बराबरको कपडा, बटर तथा सवारीसाधनको ‘इन्जिन’का ‘स्पेयर पार्टस’ नियन्त्रणमा लिएको जानकारी दिए ।

यस्तै गरी, सशस्त्र प्रहरीले वीरगञ्ज–१६ स्थित विभिन्न नाकाबाट भन्सार छली गरेर ल्याउँदै गरेको १ लाख ७० हजार ८८५ रुपैयाँको विभिन्न समान तथा मदिरासमेत नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको छ ।

प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले वीरगञ्ज महानगर–१९ वर्वाबाट भन्सार छलीका ८७ हजार ४२० रुपैयाँ पर्ने सामान बरामद गरेको जनाएको छ । यस्तै, छपकैयाबाट पनि भन्सार छलीका ६३ हजार ९७० रुपैयाँ पर्ने कपडा र किराना सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस