कैलालीका वरिष्ठ वन अधिकृत घुससहित पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २, सोमबार (६ महिना अघि)
  • २ पटक पढिएको
कैलालीका वरिष्ठ वन अधिकृत घुससहित पक्राउ

काठमाडौं, ०२ भदौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका डिभिजन वन कार्यालय, कैलालीका वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादवविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

कैलाली जिल्ला चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरिएको काठको बिमार्का तथा छोडपूर्जीको लागि सेवाग्राहीसँग सात लाख ३१ हजार रुपैयाँ घुस लिएको पुष्टि भएसँगै सोमबार आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । 

उक्त रकम लिइसकेको अवस्थामा यादवलाई अख्तियारको कञ्चनपुर कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो।

अनुसन्धानपछि यादवले सेवाग्राहीसँग मागअनुसार रकम लिएको प्रमाणित भएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिम मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

आरोपपत्रमा यादवलाई बिगोबराबरकै जरिवाना र कैद सजायको माग गरिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस