युके पठाइदिन्छु भन्दै ठगी गर्ने एक पुरुष पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ६, शुक्रबार (६ महिना अघि)
  • ३ पटक पढिएको
युके पठाइदिन्छु भन्दै ठगी गर्ने एक पुरुष पक्राउ

काठमाडौँ, ०६ भदौ। वैदेशिक रोजगारीका लागि यूके पठाउने भन्दै ४३ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१४ घर भएका २९ वर्षीय वसन्त कार्की छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

उनी ईडीयू सर्च नेपालका सञ्चालक रहेको प्रहरीले बताएको छ । ८ जना युवाहरूबाट उनले ४३ लाख रुपैयँ ठगी गरेको आरोप छ ।

पक्राउ परेका उनलाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस