उखु किसानहरु धर्नामा, माग सम्बोधन नभएसम्म आन्दोलन निरन्तर

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ८, आईतबार (६ महिना अघि)
  • २ पटक पढिएको
उखु किसानहरु धर्नामा, माग सम्बोधन नभएसम्म आन्दोलन निरन्तर

काठमाडौं, ०८ भदौ। विभिन्न माग राख्दै उखु किसानहरु आजदेखि राजधानीको माइतीघर मण्डलामा धर्नामा बसेका छन् ।

उखु उत्पादक महासंघ नेपालले गत आ.व. ०८१/०८२ को उखुको वक्यौता अनुदान रकम प्रति क्वीन्टल ७० का दरले भुक्तानी गर्नेपर्ने, मूल्य निर्धारण गर्दा कृषकलाई सहभागी गराउनुपर्ने, उखुकाे अनुदान भुक्तानी गर्नुपर्ने, उखुमा लगाएकाे भ्याट खारेज गर्नुपर्नेलगायतका माग गर्दै आजदेखि माइतीघरमा आन्दोलन सुरु गरेको छ ।

किसानहरु उखु नै बोकेर सडकमा धर्ना बसेका छन् ।

आफ्ना माग सम्बोधन नभएसम्म माइतीघर मण्डलामा धर्ना र विरोध कार्यक्रम जारी राख्ने उनीहरुको भनाइ छ । अनुदान निरन्तरताको माग गर्दै १३ जिल्लाका अगुवा किसानहरू माइतीघर मण्डलामा भेला भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस