मधेस प्रदेश सरकारले हैजाका बिरामीको उपचारका लागि दियो औषधि

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ८, आईतबार (६ महिना अघि)
  • २ पटक पढिएको
मधेस प्रदेश सरकारले हैजाका बिरामीको उपचारका लागि दियो औषधि

वीरगन्ज, ०८ भदौ । मधेस प्रदेश सरकारले हैजाका बिरामीको उपचारका लागि आवश्यक औषधि र स्वास्थ्य सामग्री वीरगन्जको नारायणी अस्पतालमा पठाएको छ। 

आइतबार मधेस प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. विपनकुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले नारायणी अस्पतालका मेसु डा. चुमनलाल दासलाई औषधि र सामाग्री हस्तान्तरण गरेका हुन्। 

मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा झाडापखाला र हैजाका बिरामीको उपचारमा आवश्यक पर्ने १७ प्रकारका औषधि र सामग्री स्वास्थ्य कार्यालय पर्सामार्फत नारायणी अस्पताललाई प्रदान गरिएको मन्त्रालयका जनस्वास्थ्य अधिकृत ठाकुरले बताए। 

वीरगन्जमा फैलिएको हैजाको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकार पनि लागेको भन्दै उनले भने,‘बिरामीको उपचारका लागि आवश्यक थप औषधि र सामग्री उपलब्ध गराउन प्रदेश सरकार तयार छ ।’

त्यसअवसरमा स्वास्थ्य कार्यालय पर्साका निमित्त प्रमुख विनोद झाले दिनहुँ झाडापखाला र हैजाका बिरामी थपिँदै गएको बताए। महामारी रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य कार्यालय पर्साले स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको उनले बताए। 

ताजा अपडेट

खोजी गर्नुहोस