सर्लाहीमा बुबा–छोराले आमा–छोरीलाई निर्घात कुटपिट, दुई घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ९, सोमबार (६ महिना अघि)
  • २ पटक पढिएको
सर्लाहीमा बुबा–छोराले आमा–छोरीलाई निर्घात कुटपिट, दुई घाइते

सर्लाही, ०९ भदौ। सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ मा बुबा–छोराले आमा–छोरीलाई निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ।

स्थानीय नथुनी महतोका अनुसार उनका छिमेकी देवेन्द्र राय र उनका छोरा प्रविण रायले सोही वडाकी ५० वर्षीया पानो देवी महतो र उनकी २६ वर्षीया छोरी उर्मिला देवीलाई शनिबार दिउँसो कुटपिट गरेका हुन्।

कुटपिटबाट घाइते दुबै जना महिलाको ईश्वरपुर नगरपालिका–स्थित बयलवासको सिद्धिविनायक अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका चिकित्सकका अनुसार पानो देवीको हातमा जटिल चोट लागेको छ भने दुबै जनाको शरीरका विभिन्न भागमा निलडाम देखिएको छ।

घटनापछि देवेन्द्र र उनका छोरा प्रविण फरार भएको र पीडित पक्षले इलाका प्रहरी कार्यालय केशरगञ्जमा उजुरी दिएको पीडितका श्रीमान नथुनी महतोले बताए। उनका अनुसार कुटपिट मात्र नभई महिलामाथि अश्लील धम्कीसमेत दिने प्रयास गरिएको छ।

प्रहरीले फरार रहेका बुबा–छोराको खोजी जारी रहेको जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस