काठमाडौंमा बससँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १३, शुक्रबार (६ महिना अघि)
  • २ पटक पढिएको
काठमाडौंमा बससँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु

काठमाडौं, १३ भदौ। काठमाडौंको जडीबुटीमा आज बिहान बससँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु भएको छ ।

आज बिहान करिब पौने तीन बजेतिर जडीबुटीको आकासे पुल नजिकै रोकिराखेको बागमती प्रदेश ०१–००६ ख ४२४३ नम्बरको बसमा कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको लु ४३ प ४९३८ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा स्कुटर चालक पश्चिम नवलपरासीको सुनवल नगरपालिका १ घर भई हाल भक्तपुरको लोकन्थली बस्ने २२ वर्षीय शिरीष पौडेल र काभ्रेको पाँचखाल–२ होक्से घर भएका २३ वर्षका नितेश नेपालको मृत्यु भएको हो ।

उनीहरूको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालक प्रहरी नियन्त्रणमा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस