जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १३, शुक्रबार (६ महिना अघि)
  • २ पटक पढिएको
Post Thumbnail

काठमाडौं, १३ भदौ। काठमाडौँ महानगरपालिका–१७ नयाँबजार नर्सरी चोकस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द्रागिरि–८ घर भएका ४२ वर्षीय रूपचन्द्र श्रेष्ठ पनि रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनीहरूलाई नगद ३ लाख ५९ हजार रुपैयाँ र ५८ बुक तास सहित नियन्त्रणमा लिएको हो। प्रहरीले आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस