गोरखाको तान्द्राङमा बस दुर्घटना हुँदा २१ जना घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १७, मंगलबार (५ महिना अघि)
  • ४ पटक पढिएको
गोरखाको तान्द्राङमा बस दुर्घटना हुँदा २१ जना घाइते

काठमाडौं, १७ भदौ। गोरखाको भिमसेन थापा गाउँपालिका ३ तान्द्राङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

काठमाडौंबाट गोरखाको आरुघाटतर्फ जाँदै गरेकोे गण्डकी प्रदेश १–००६ ख ४१३१ नम्बरको बस तान्द्राङको टारिफाँटमा आज बिहान करिब साढे ५ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा बसमा सवार २२ मध्ये २१ जना घाइते भएका र तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

डिएसपी इन्द्रप्रसाद सुवेदीका अनुसार बस सडकबाट करिब चार मिटर तल खसेको छ । ब्रेक फेल बस भएर दुर्घटना भएको अनुमान गरिएको उनले बताए ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस