धनुषामा करेन्ट लागेर एक कामदारको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १८, बुधबार (५ महिना अघि)
  • २ पटक पढिएको
धनुषामा करेन्ट लागेर एक कामदारको मृत्यु

जनकपुरधाम, १८ भदौ। धनुषाको लालगढमा निर्माणाधीन घरमा करेन्ट लागेर एकजना कामदारको मृत्यु भएको छ ।

मिथिला नगरपालिका-१० लालगढका ४० वर्षीय राजकुमार श्रेष्ठको करेन्ट लागेर मङ्गलबार साँझ मृत्यु भएको हो ।

स्थानीय जानुका कार्कीको निर्माणाधीन घरमा वाइरिङको काम गरिरहेका श्रेष्ठलाई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस