भक्तपुरबाट ७ राउन्ड गोलीसहित एक युवक पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ कार्तिक १, शुक्रबार (४ महिना अघि)
  • २ पटक पढिएको
भक्तपुरबाट ७ राउन्ड गोलीसहित एक युवक पक्राउ

सर्लाही, ३१ असोज। सर्लाहीका एक युवक ७ राउन्ड गोलीसहित भक्तपुरबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जवेगुका अनुसार पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका – ५ का ४० वर्षीय गोपाल विक रहेका छन्।

उनी हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका – १ , लोकन्थलीस्थित सकुम्बासी बस्तीमा बस्दै आएका थिए। विकको साथबाट बरामद गरिएका गोलीमा “५६ केएफ १३” लेखिएको प्रहरीले जनाएको छ।

ती गोलीहरू जेनजी आन्दोलनका क्रममा लुटिएका हुन् कि होइनन् भन्ने विषयमा हाल अनुसन्धान भइरहेको डीएसपी जवेगुले बताए। घटनाबारे थप तथ्य पत्ता लगाउन जिल्ला अदालत भक्तपुरबाट ४ दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस