कान्तिपुर भेट डिस्ट्रिव्युटर्सका सञ्चालक बडाल पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ कार्तिक १, शुक्रबार (४ महिना अघि)
  • ३ पटक पढिएको
कान्तिपुर भेट डिस्ट्रिव्युटर्सका सञ्चालक बडाल पक्राउ

काठमाडौं, ३१ असोज। कान्तिपुर भेट डिस्ट्रिव्युटर्सका सञ्चालक हेमराज बडाललाई प्रहरीले पक्राउ गरेको छ । 

बडाललाई महाराजगञ्जबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका एआईजी डा. मनोज केसीले बताए ।

यसअघि असोज २४ मा बडाल पत्नी तथा कान्तिपुर भेट डिस्ट्रिव्युटर्सकी अध्यक्ष सुना सुवेदीलाई प्रहरीले पक्राउ गरेको थियो । सुनाको बयानको आधारमा बिहीबार हेमराज पक्राउ परेका हुन् ।

बडाल दम्पती काठमाडौँ महानगरपालिका–१३ स्थित शंखमुल बस्दै आएका छन् । कान्तिपुर भेट ललितपुरमा सञ्चालित ठुलो भेटेनरी कम्पनी हो ।

पशु सेवा विभागबाट अनुमति लिएको भन्दा बाहिरको प्रतिबन्धित औषधीहरू किर्ते कागजात बनाएर आयात गरेर सो कम्पनीले बेच्ने गरेको सीआईबीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । 

विभागबाट पशुपन्छीको फिड सप्लिमेन्ट, प्रोवायोटिक्स,भिटामिन, मिनरल र टक्सिन  वाइन्डर भन्दा थप सामग्री आयात गर्न सो कम्पनीका सञ्चालकले किर्ते कागजात बनाएको भेटिएको छ । उनीहरूमाथि प्रहरीले किर्ते सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा तत्कालीन महान्यायाधिवक्ता रमेश बडालको संरक्षणमा सो कम्पनीका सञ्चालक पक्राउ पर्नबाट जोगिएको प्रहरीका अधिकृतहरू बताउँछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस