दुधिआवामा विद्यालय भवन उद्घाटन सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ कार्तिक २१, बिहिबार (३ महिना अघि)
  • ३ पटक पढिएको
दुधिआवामा विद्यालय भवन उद्घाटन सम्पन्न

कृष्ण तिवारी

कार्तिक १९ गते ।

 रौतहटको फतुवा बिजयपुर नगरपालिका -१०दुधिआवा स्थित श्री माध्यमिक विद्यालय दुधिआवाको नमूना नवनिर्मित भवनको बुधबार उद्घाटन भएको छ । शिक्षा मन्त्रालयको नमूना कार्यक्रम अन्तर्गत ३ करोड ७० लाखको लागतमा नवनिर्मित तीन तल्ले १२ कोठे सुबिधा सम्पन्न भवनको उद्घाटन भएको हो । 

विद्यालयको प्रधानाध्यापक रबिन्द्र जयसवालको अध्यक्षता सम्पन्न कार्यक्रममा फतुवा बिजयपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख अम्बेया खातुन र प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवले संयुक्त रुपमा नवनिर्मित विद्यालय भवन उद्घाटन गर्नुभएको दुधिआवा क्याम्पस प्रमुख रन्जन खरेलले बताए ।

सो अवसरमा कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले बिधालयमा शिक्षक अभाव रहेकोले छिटोभन्दा छिटो ब्यवस्थापन गरिने र आफू बाट हुने सहयोग गर्ने प्रतिबद्धता जनाइन् । कार्यक्रममा शिक्षा शाखा प्रमुख सुधीर कुशवाहा, इन्जिनियर महम्मद फिरोज , योजना प्रमुख रामाशंकर यादव ,पालिका भित्रका सम्पुर्ण प्रधानाध्यापकहरु स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी ,अभिभावक,  बुद्धिजीवी, शिक्षाप्रेमी, समाजसेवीको उपस्थिति रहेकोे थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस