चीनमा रहेको होङची पुल सञ्चालनमा आएको दुई महिना नबित्दै भत्कियो

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ कार्तिक २७, बुधबार (३ महिना अघि)
  • २ पटक पढिएको
चीनमा रहेको होङची पुल सञ्चालनमा आएको दुई महिना नबित्दै भत्कियो

२६ कार्तिक। चीनको सिचुआन प्रान्तमा रहेको होङची पुल सञ्चालनमा आएको दुई महिना नबित्दै भत्किएको छ ।

दक्षिणपश्चिमी प्रान्त सिचुआनलाई तिब्बतसँग जोड्ने राष्ट्रिय राजमार्गमा रहेको ७ सय ५८ मिटर लामो पुल आंशिक रूपमा भत्किएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

घटनामा अहिलेसम्म कसैको ज्यान गएको वा घाइते भएको विवरण सार्वजनिक भएको छैन ।

सार्वजनिक भिडियोहरूमा धूलोको मुस्लो उठिरहेको र पुलका खम्बाहरू नदीमा ढलिरहेको देख्न सकिन्छ ।

सोमवार दिउँसो पुल वरपरका पहाड र सडकहरूमा चिरा देखा परेपछि अधिकारीहरूले सुरक्षाको कारणले गर्दा पुल बन्द गरेका थिए । तर मङ्गलवार दिउँसो पहिरोका कारण पुलमा क्षति पुगेको खबरमा उल्लेख छ ।

यस वर्षको शुरूमा यो पुलको निर्माण सम्पन्न भएको थियो । यो पुल गएको सेप्टेम्बर २८ मा गाडी आवतजावतका लागि खोलिएको थियो ।

प्रारम्भिक अनुसन्धानले पहिरोको इतिहास रहेको भिरालो पहाडी क्षेत्रमा भौगर्भिक अस्थिरताका कारण पुल भत्किएको देखाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस