मोटरसाइकल दुर्घटना हुँदा तामाङको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ कार्तिक २९, शुक्रबार (३ महिना अघि)
  • २ पटक पढिएको
मोटरसाइकल दुर्घटना हुँदा तामाङको मृत्यु

 काठमाडौं, २८ कात्तिक। काठमाडौंकाे शंखरापुर नगरपालिका-१ छापभञ्ज्याङ ढकालगाउँस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

प्रदेश ३ ०२-१० प ७४५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-८ घर भएका ३५ वर्षीय एक बहादुर तामाङको बिहीबार साँझ मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस