सशस्त्र प्रहरीले निकाल्यो भिरमा अड्किएको शव

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ मंसिर ७, शनिबार (३ महिना अघि)
  • २ पटक पढिएको
सशस्त्र प्रहरीले निकाल्यो भिरमा अड्किएको शव

रेसुङ्गा(गुल्मी), ०६ मंसिर। भिरमा अड्किएको मुसिकोट नगरपालिका–१ पौदीअमराईको बगाहाका ४७ वर्षीय बोमबहादुर खत्रीको शव सशस्त्र प्रहरीले निकालेको छ । एक सातादेखि वेपत्ता खत्री शुक्रबार मृत फेला पर्नुभएको थियो ।

स्थानीयले भिरमा अड्किएको अवस्थामा खत्रीको शव फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।

तर बडिगाड खोला र भिर भएका कारण शव निकाल्न नसकेपछि शनिबारका सशस्त्र प्रहरी बल ३७ नं गुल्म, गुल्मीका सशस्त्र प्रहरी नायब उपरीक्षक सुदीप प्रसाईंसहितको टोली घटनास्थल पुगेको थियो ।

करिब एक घण्टा लगाएर शव निकालिएको सशस्त्र प्रहरी नायब उपरीक्षक प्रसाईंले जानकारी दिनुभयो ।

घरमा एक्लै बस्दै आउनुभएका खत्री कात्तिक २८ गतेबाट हराउनुभएको थियो ।

कपडाका आधारमा व्यक्ति पहिचान भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो ।

शव पोस्टमार्टमका लागि गुल्मी अस्पताल ल्याउने तयारी भएको सारुले बताउनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस