केन्द्रलाई चुनौती दिँदै मधेसको मुख्यमन्त्री सिफारिस

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष ७, सोमबार (२ महिना अघि)
  • २ पटक पढिएको
केन्द्रलाई चुनौती दिँदै मधेसको मुख्यमन्त्री सिफारिस

रौतहट ,०७ पुस। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव नेपाली कांग्रेस केन्द्रको परिपत्र विपरीत प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंसिर १८ गते परिपत्र जारी गर्दै प्रदेशसभामा बहाल रहेकालाई प्रतिनिधिसभामा उम्मेदवार सिफारिस नगर्न भनेका थिए । 

तर, प्रदेशसभा सदस्य मात्रै होइन मुख्यमन्त्री नै रहेका यादवले केन्द्रकाे परिपत्र लत्त्याउँदै जबरजस्ती आफ्नो नाम प्रतिनिधिसभा सदस्य उम्मेदवारमा रौतहट–१ बाट सिफारिस गराएका हुन् ।

यादवसँगै राष्ट्रिय अपाङ्ग कोषका पूर्वसभापति तथा मधेसमा कांग्रेसको प्रचार विभाग प्रमुख नितेश कुमार गुप्ता, रामेश्वर प्रसाद यादव र सन्तु यादव पनि प्रत्यक्षतर्फ उम्मेदवारमा सिफारिस भएका छन् । रामेश्वर कांग्रेसका क्रियाशील सदस्यसमेत नभएका व्यक्ति हुन् ।

समानुपातिकतर्फ जनजाति, मधेसी, महिला, मुस्लिम, अल्पसंख्यक तथा खुल्ला समूहबाट गरी बिन्दु साहनी, रामकपाल यादव, शान्ति देवी, भुवन गिरि क्षेत्री, शहनाज खातुन, निरजित सिंह, विवेक रवि र विजय सिंहको नाम सिफारिस भएको छ ।

राष्ट्रियसभा लागि चिरञ्जीवी प्रसाद सिंह (अल्पसंख्यक र खुल्लाबाट) र नरेन्द्र पासवान (दलितबाट) सिफारिस गरिएको क्षेत्रीय कार्यसमितिले जनाएको छ । 

ताजा अपडेट

खोजी गर्नुहोस