
काठमाडौं, ०८ पुस। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चितवन पुगेर तारेख लिएका छन् । मंगलबार उनी सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना प्रकरणमा जिल्ला अदालतमा पुगेर तारेख लिएका हुन् ।
सहकारी ठगी प्रकरणमा ललितपुरको नख्खु कारागारमा थुनामा रहेका लामिछाने पुस ३ मा रिहा भएका थिए । चितवनबाट तारेख लिएर उनी रुपन्देही जिल्ला अदालततर्फ लागेका छन् ।
