हवाई दुर्घटना : टर्कीमा लिबियाली सेना  प्रमुखको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष ९, बुधबार (२ महिना अघि)
  • २ पटक पढिएको
हवाई दुर्घटना : टर्कीमा लिबियाली सेना  प्रमुखको मृत्यु

काठमाडौं, ०९ पुस। टर्कीमा भएको हवाई दुर्घटनामा लिबियाका सेना प्रमुखको मृत्यु भएको छ। लिबियाका प्रधानमन्त्रीले सेना प्रमुखको निधन भएको पुष्टि गरेका छन्। 

मंगलबार साँझ टर्कीको राजधानी अंकाराबाट उडेको फाल्कन ५० विमानमा जनरल मोहम्मद अली अहमद अल-हद्दाद र अन्य चारजना सवार थिए।

सामाजिक सञ्जालमा एक पोस्ट गर्दै टर्कीका गृहमन्त्री अली येर्लिकायले व्यापारिक जेटले स्थानीय समय अनुसार २०:५२ मा संकेत गुमाएको बताएका छन्थि। उक्त विमान अंकारा विमानस्थलबाट उडेको थियो।

त्रिपोली जाँदै गरेको जेटले सम्पर्क विच्छेद हुनुअघि आपतकालीन अवतरणको लागि अनुरोध गरेको थियो। विमानको भग्नावशेष अंकाराको दक्षिणपश्चिममा फेला परेको थियो। दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस