ठूलो परिमाणको गाँजा बरामद : उदयपुरबाट दुई जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १२, शनिबार (२ महिना अघि)
  • २ पटक पढिएको
ठूलो परिमाणको गाँजा बरामद : उदयपुरबाट दुई जना पक्राउ

काठमाडौं,१२ पुस। उदयपुरबाट ठूलो परिणामको गाँजासहित दुई जना पक्राउ परेका छन् ।

चौदण्डीगढी नगरपालिकास्थित मदन भण्डारी सडकबाट ७५० किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

को१ज ३४५६ नम्बरको जिपमा उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले जानकारी दिए ।

गाँजासँगै प्रहरीले जिपचालक बेलटार नगरपालिका –६ का रवीन राइ र रामबहादुर राईलाई नियन्त्रणमा लिइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस