बालेनले दुई हप्तापछि महानगरको जिम्मेवारी छोड्ने घोषणा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष १३, आईतबार (१ महिना अघि)
  • २ पटक पढिएको
बालेनले दुई हप्तापछि महानगरको जिम्मेवारी छोड्ने घोषणा

काठमाडौं, १३ पुस। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले २ हप्तापछि महानगरको जिम्मेवारी छोड्ने भएका छन् ।  फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुने पक्का भएपछि उनले जिम्मेवारी छोड्ने तयारी गरेका हुन् । 

आज बिहान मेयर बालेन र रास्वपा सभापति रवि लामिछाने बिच बालेन रास्वपाबाट चुनाव लड्ने र प्रधानमन्त्री हुने सहमति भएको थियो ।  सहमति अनुसार प्रधानमन्त्री हुन उनले माघ ६ गते भित्र महानगरको प्रमुखको पदबाट राजीनामा दिनुपर्ने कानुनी बाध्यता रहेको छ ।  

काठमाडौँ महानगरपालिकामा बालेनको कार्यकाल अझै १६ महिना बाँकी छ । तर उम्मेदवार हुने भएपछि उनले २ हप्ताभित्र राजीनामा दिने तयारी गरेका हुन् ।  

‘केही कामहरू बाँकी छन् । दुई हप्ताभित्र सकिएला कि भन्ने छ । अब त्यो विषयमा त्यहाँको प्राविधिक विषयहरू र राजनीतिक रूपमा पनि  हेरेर एउटा उचित समयमा हुन्छ । त्यो भनेको दुई हप्ता जस्तो नै हो ।’ मेयर बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले रातोपाटीसँग भने ।

ताजा अपडेट

खोजी गर्नुहोस