
काठमाडौं, १५ माघ। काठमाडौं क्षेत्र नम्बर ६ मा नेपाली कम्युनिस्ट पार्टीले ६६६ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । समिति संयोजकको जिम्मेवारी युवा नेता सुदेश पराजुलीले पाएका छन् ।
काठमाडौं क्षेत्र नम्बर ६ का अगुवा कार्यकर्ता भेलाबाट पराजुलीको नेतृत्वमा निर्वाचन परिचालन समिति निर्माण गरिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ का नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार हिमाल शर्मा छन् ।
शर्मा र पराजुली दुवै विद्यार्थी संगठनको अध्यक्ष भइसकेका युवा नेता हुन् । शर्माले अखिल क्रान्तिकारीको र पराजुलीले अनेरास्ववियुको नेतृत्व गरेका थिए ।
यी दुई विद्यार्थी संगठनको मुल पार्टीहरु नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकतापछि नेपाली कम्युनिस्ट पार्टी गठन भएको हो ।

