अख्तियारले एयरपोर्ट भन्सारमा छापा : साढे २ लाख घुससहित २४ मोबाइल बरामद

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ १९, सोमबार (३ हप्ता अघि)
  • ६ पटक पढिएको
अख्तियारले एयरपोर्ट भन्सारमा छापा : साढे २ लाख घुससहित २४ मोबाइल बरामद

काठमाडौं, १९ माघ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तीन कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।

अख्तियारले एयरपोर्ट भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखाका भन्सार अधिकृत इन्द्र न्यौपाने, त्यहाँका कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी र सञ्चार मन्त्रालयको हुलाक सेवा विभागको पार्सल (निकासी) शाखाका नासु छविप्रसाद रिजाललाई घुस सहित पक्राउ गरेको हो ।

अख्तियारले पुडासैनीको टेबुलको घर्राबाट १० हजार, त्यही घर्रामा स्रोत नखुलेको ४० हजार अनि उनको साथबाट स्रोत नखुलेको ९६ हजार गरी कुल एक लाख ४६ हजार रुपैयाँ बरामद भएको जनाएको छ ।

अख्तियारले नासु रिजालको साथबाट २० हजार र स्रोत नखुलेको १८ हजार ८४८ गरी कुल ३८ हजार ८४८ रुपैयाँ बरामद गरेको थियो ।

अख्तियारका अनुसार घुस रकम र स्रोत नखुलेको समेत गरी कुल दुई लाख ६८ हजार रुपैयाँ र विभिन्न व्यक्तिका २३ वटा मोवाइलसमेत बरामद भएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस