दुर्गा प्रसाईका कार्यकर्ता–प्रहरी घम्साघम्सीमा ३ जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ १९, सोमबार (३ हप्ता अघि)
  • ३ पटक पढिएको
दुर्गा प्रसाईका कार्यकर्ता–प्रहरी घम्साघम्सीमा ३ जना पक्राउ

 काठमाडौं, १९ माघ। आज चितवनमा प्रदर्शन गर्न आएका दुर्गा प्रसाईंका टोलीसँग प्रहरीको लफडा परेको छ ।

भरतपुरको साझा बसपार्कबाट र्याली निकालेर चौबीसकोठीसम्म पुगेर फर्किने मौखिक अनुमति प्रहरी प्रशाासनबाट लिएर चौबीसकोठी पुगेपछि बाटोमै सभा गर्न लागेपछि प्रहरीले रोक्ने क्रममा प्रसाईं समूहसँग लफडा भएको हो ।

चितवनका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुसार प्रसाईं समूहलाई चौबीकोठीसम्म र्यालीको लागि अनुमति दिइएको थियो । तर, बाटो नै बन्द गरेर सभा गर्न लागेपछि प्रहरीले रोक्न खोज्दा लछारपछार भएको उनले बताए ।

प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार ५–७ सय को हाराहारीमा रहेका दुर्गा प्रसाईं समूहले बाटो नै रोकेपछि तितरबितर पारिएको हो । उनले तीन जनालाई नियन्त्रणमा लिइएको समेत जानकारी दिए । प्रहरीका अनुसार लछारपछारमा कोही पनि घाइते भने भएका छैनन् ।

ताजा अपडेट

खोजी गर्नुहोस