
रौतहट, २० माघ । बामपंथी नेता एवं यमुनामाई गाउँ पालिकाको पहिलो निर्वाचित अध्यक्ष श्रीप्रसाद मुखिया विन संसारिक मोह मायालाई परित्याग गरी यो संसारबाट सधैको लागि विदा भएको खवर प्राप्त भएका छन् ।
मुखियाको सोमवार राति १२ बजेको सयमा हृदयघात भएर निधन भएको पारिवारिक श्रोतहरुलाई उद्धृत गर्दै सामाजिक संजालमा भाईरहल बनेका हुन् । उक्त सामाजिक संजाल एवं निकटम श्रोबाट उनको निधनको पुष्टि भएको छ ।
उनी माओवादी भुमिगत कालमा निकै कष्टमय जिवन व्यतित गर्दै स्वच्छ एवं इमान्दार वामपंथी नेताको रुपमा उभ्रिएपछि तत्कालिन माओवादीको टिकटबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएर पाँच बर्ष सम्म पालिकाबासीलाई सेवा प्रदान गरेका थिए । अलि हठि स्वभावका मुखियाको निधनबाट उनको परिवारजन र पार्टीलाई अपुर्णीय क्षति भएका छन् ।
उनको असामयिक निधनले परिवार, आफन्त, शुभेच्छुक तथा सम्पूर्ण यमुनामाईवासीलाई गहिरो शोकमा डुबाएको छ । स्वर्गीय मुखिया प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै ईश्वरले उनको आत्मालाई चिरशान्ति प्रदान गरून् र शोकाकुल परिवारजनमा गहिरो संवेदना व्यक्त गर्दछ ।

