चुनावी प्रचार सुरु गरे रवि लामिछाने

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ २३, शुक्रबार (२ हप्ता अघि)
  • ३ पटक पढिएको
चुनावी प्रचार सुरु गरे रवि लामिछाने

चितवन, २३ माघ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ मा चुनावी प्रचार सुरु गरेका छन् ।  शुक्रबार चुनावी प्रचारका लागि चितवन क्षेत्र नम्बर २ का विभिन्न स्थानमा खोलिएका कार्यालयको उद्घाटन गदै लामिछानेले चुनावी प्रचार सुरु गरेका हुन् । 

सो क्रममा लामिछानेले अबको लडाई भनेको दलको नेता उम्मेदवारसँग नभई गरिबी, अशिक्षा, बेरोजगारी लगायत देशका विभिन्न समस्यासँग भएको बताए ।

चुनावी अभियानको क्रममा कोही कसैलाई गाली गलौज नगर्न र कोही कसै गाली गरे पनि प्रतिवाद नगर्न उनले अनुरोध गरे । उनले अबको जवाफ भनेको मतदानको दिन मतपत्रमा छाप लगाएर दिने भएको धारणा राखे ।

सभापति लामिछानेले निर्वाचनका क्रममा आफू देशभर जानुपर्ने भएकाले चितवनवासीसँग धेरै भेटघाट गर्न नपाउने भन्दै मत दिन आग्रह गरे । 

ताजा अपडेट

खोजी गर्नुहोस