कैलालीमा सडक दुर्घटना: मोटरसाइकल चालकको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ २४, शनिबार (२ हप्ता अघि)
  • ४ पटक पढिएको
कैलालीमा सडक दुर्घटना: मोटरसाइकल चालकको मृत्यु

 धनगढी, २४ माघ। कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्लाको लम्कीचुहा नगरपालिका–५ तिकलपुर स्थित भित्री सडक खण्डमा रा ६ प ३१५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रवार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३२ वर्षीय दीपेन्द्र रावलको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लालरत्न अस्पताल लम्की हुँदै थप उपचारको लागि टीकापुर अस्पताल टीकापुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस