बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ २४, शनिबार (२ हप्ता अघि)
  • ४ पटक पढिएको
बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु

धनगढी, २४ माघ। बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।

बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धारा बस्ने ४१ वर्षीय सन्तोष बुढाको ढाडखर्क भन्ने स्थानमा बाख्रा चराउने क्रममा भिरबाट लडेर शनिवार राति मृत्यु भएको हो।

शुक्रवार बिहानतिर बाख्रा चराउने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएका उनको न्याय हेल्थ अस्पताल बयलपाटा, अछाम हुँदै थप उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएकोमा  चेकजाँच गर्दा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस