रौतहटमा हावाहुरीले घर भत्किँदा आमाको मृत्यु, छोराछोरी बिचल्लीमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १२, मंगलबार (२ महिना अघि)
  • १५५ पटक पढिएको
रौतहटमा हावाहुरीले घर भत्किँदा आमाको मृत्यु, छोराछोरी बिचल्लीमा

रौतहट, १२ जेठ। गए राति आएको हावाहुरीका कारण घर ढल्दा च्यापिएर वृन्दावन नगरपालिका–७ सखुअवा धमौरा गढी टोलमा एक महिलाको मृत्यु भएको छ। आमाको मृत्युपपछि छोरा–छोरीको बिचल्ली भएको छ ।  आफ्नै घरमा रहेका बेला हावाहुरीका कारण घरको खावा ढल्दा स्थानीय फूलकुमारी यादव घाइते भएकी थिइन् ।

उनलाई उपचारका लागि गरुडास्थित बेटर अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतक यादवको घर काठ र बासबाट बनाइएको थियो ।  अहिले बालबच्चा त्रिपालमुनि बसेका छन् । न खाना, न लुगाफाटो । उनीहरु बिचल्लिमा परेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस