प्रधानमन्त्री कार्यालयमा सल्लाहकारको भिड, अर्थमन्त्रीको कटाक्ष

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १२, मंगलबार (१ घण्टा अघि)
  • ३० पटक पढिएको
प्रधानमन्त्री कार्यालयमा सल्लाहकारको भिड, अर्थमन्त्रीको कटाक्ष

काठमाडौँ, १२ साउन। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूले एकजना मात्रै सल्लाहकार राखेको बताएका छन्।

हिजो अर्थ मन्त्रालयमा आयोजित वार्षिक राजश्व समीक्षा बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री कार्यालय र ऊर्जा मन्त्रालयमा जस्तो आफूले धेरै सल्लाहकार नराखेको बताए।

उनले भने, ‘तपाईँहरूले सुनिराख्नुभएको छ, प्रधानमन्त्री कार्यालयमा २७ जना र ऊर्जा मन्त्रालयमा २० जना सल्लाहकार हुनुहुन्छ। तर मैले केवल एक जना अवैतनिक राजश्व सल्लाहकार मात्र राखेको छु। भनेपछि यो राजश्वको विषयलाई मैले कति महत्त्व दिएको छु भन्ने कुरा यहाँहरूले बुझ्नुहोला।’

प्रधानमन्त्री कार्यालयमा सल्लाहकार धेरै भएको भन्दै चर्को आलोचना भइरहेको बेलामा अर्थमन्त्री वाग्लेले सो कुरा सार्वजनिक रूपमै बोले। पछिल्लो समय प्रधानमन्त्री बालेन शाहसँग वाग्लेको सम्बन्ध चिसिएको चर्चा भइरहेको बेलामा यस्तो अभिव्यक्ति आएको हो।

ताजा अपडेट

खोजी गर्नुहोस