अमेरिका पठाउने प्रलोभनमा ठगी, एक युवती पक्राउ

अमेरिका पठाउने प्रलोभनमा ठगी, एक युवती पक्राउ

काठमाडौं, ०८ फागुन। अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका–११ घर भइ ललितपुर महालक्ष्मी नगरपालिका–४ बस्ने ३८ वर्षीया चन्द्रकला सापकोटा दाहाल छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनले वैदेशिक रोजगारीमा अमेरिका पठाउने भन्दै ६ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोप छ । पक्राउ परेकी उनलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

लेखकको बारेमा

  • उहाँ Wartman Kal Dainik डट कम का लागि सम्पादक तथा संवाददाता हुनुहुन्छ |

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस